
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले सरकारका काम कारबाहीबारे जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई सिंहदरबार बोलाएकी हुन् ।
तथ्याकअनुसार आयोगमा हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन् । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले सरकारका काम, कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई आज अपराह्न ४ बजे सिंहदरबार बोलाइएको जानकारी दिए ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिती तय गरेको छ । जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी पनि यही चुनाव सम्पन्न गराउनु हो । आज दलहरूसँगको छलफल पनि निर्वाचनमै केन्द्रित हुने प्रेस संयोजक रावलले बताए ।











