Logo
Logo

बूढीगण्डकी बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षामा जुट्न प्रचण्डको आग्रह


252
Shares

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक दाहालले बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । 

The current image has no alternative text. The file name is: prachanda.jpg

 उनले बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेका छन् । 

संयोजक दाहालले भनेका छन्,’गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ । प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै, बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु । यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ ।’

प्रतिक्रिया दिनुहोस्