Logo
Logo

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त


504
Shares

काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो ।

विराटनगर महानगरपालिकाको कर्मचारीको रुपमा पनि काम गरेका निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्