Logo
Logo

देउवाद्वारा बूढीगण्डकी बाढीले पारेको असरप्रति दुःख व्यक्त


315
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: deuwa.jpg

उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’

नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवाले विपद्को समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पङ्क्तिलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्