
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले नेताहरु सिमरा जान नपाएको विषयमा प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।
एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत नेताहरु बारा जाने तयारी गरिरँदा सिमरा विमानस्थलमा भएको झडपको घटना दुःखद् भन्दै महामन्त्री शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले नेताहरूको भ्रमणको वातावरण नभए आगामी २१ फागुनमा तोकिएको चुनाव कसरी हुन्छ भनेर प्रश्न गरेका छन् ।
’सिमरा घटना दुःखद् ! प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’ उनले सोधेका छन् ।
त्यस्तै उनले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिएको जेनजी कसैको समाज भ्रमणको अधिकारविरुद्ध उभिएको भन्दै निषेधको राजनीति नगर्न भनेका छन् ।
’सामाजिक संजाल निषेधविरुद्ध उभिने जेनजी कसैको ’समाज भ्रमण अधिकारझ विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौं’ उनले थप भनेका छन्।
पोखरेल, बस्नेतसहितका नेता सिमरा विमानस्थल जाने थाहा पाएपछि गेटै तोडेर जेनजीले विमास्थलको धावनमार्गकमै प्रदर्शन गरेका थिए । त्यसपछि काठमाडौँबाट त्यहाँस्थित हुने उडानसमेत रोकिएको छ भने बारा जिल्ला प्रशासनले दिउँसो बेलुका ८ बजे सम्मलाई कफ्र्यु लगाएको छ ।











