काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफल सुरु भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आगामी निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले दलहरूलाई बोलाएकी थिइन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।











