Logo
Logo

नेताहरूलाई हिँडडुल गर्ने वातावरण बनाइयोस्: प्रचण्ड


1k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूलाई निर्बाध रूपमा हिँडडुल गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

The current image has no alternative text. The file name is: prachand-4.jpg

बाराको सिमरामा जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रचण्डले स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन पनि आग्रह गरेका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भनेका छन्, ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन । त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्बाध रूपमा हिँडडुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षलाई आग्रह पनि गरेका छन्।

स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न पनि प्रचण्डले निर्देशनसमेत दिएका छन् ।

सिमरामा पछिल्लो समय अवस्था झन तनावपूर्ण बन्दै गएको छ । कर्फ्युको अवज्ञा गरी जेनजी प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न बारा प्रहरीले हवाई फायर गरेको छ । बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार चार राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्