Logo
Logo

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने


189
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैंमा सर्वसाधारणलाई टीका तथा जमरा नगाउने भएका छन् । शाहले यस वर्षको बडादसैंमा टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: king-ganendra.jpg

संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौँ मानिस विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।

यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्