Logo
Logo

हेटौँडा बजारको अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम


315
Shares

काठमाडौं । सडक डिभिजन हेटौँडाले हेटौँडा बजार क्षेत्रको सडक सीमा खाली गराउन १५ दिनको अल्टिमेटम दिएको छ ।

सडक डिभिजन हेटौँडाले सूचना जारी गरेर महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउन पटकपटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन १५ दिनको समय दिएको हो ।

सडकको दायाँबायाँ २५–२५ मिटरमा रहेका व्यक्ति तथा व्यवसायिक गतिविधिका ती संरचना नहटाए डिभिजन कार्यालयले हटाउने र त्यसको लागत सम्बन्धितले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतले पनि हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँबायाँ क्षतिपूर्ति नपाउने फैसला गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्