
काठमाडौं । नेकपा एमालेका कार्यकर्ता अरबिन्द साह पक्राउ परेका छन् । बाराको सिमरामा जेनजी युवालाई कुटेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जेनजी युवालाई कुटेको जाहेरी परेपछि बिहीबार साँझ साहलाई पक्राउ गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।
जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ परिसकेका छन् ।
गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रमका क्रममा जेनजी र एमाले कार्यकर्ताबीच झडप हुँदा त्यहाँको अवस्था असामान्य बनेको थियो ।
बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए ।











