Logo
Logo

आइजीपीको मनः असहयोगीलाई डाँडा कटाउन सुरु


54.7k
Shares

काठमाडौं । नयाँ आइजीपी आएपछि आफूलाई असहयोग गर्ने र प्रहरीभित्र अन्य एआइजीको पक्षमा लविङ गर्ने अधिकृतहरुलाई डाडा कटाउन शुरु गरिएको छ । बाराको सिमरामा बुधवार र बिहीबार भएको जेन–जी प्रदर्शनका क्रममा त्रुटिपूर्ण कार्य गरेको जेन–जी समूहको आरोपपछि जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङ त्यहाँबाट फिर्ता गर्ने बहानमा अन्य अधिकृतहरुलाई पनि जिल्लाबाट गण, प्रदेश कार्यालयमा पठाउन थालिएको छ ।

धादिङका प्रहरी प्रमुख भेषराज रिजाल मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका निम्ति काज खटाइएर त्यसको शुरुवात गरिएको छ । धादिङ गएको चार महिना पनि नभएका रिजाल प्रदेश कार्यालयमा पुगेका हुन् । बारामा एसपी नरेन्द्र कुँवर र धादिङमा सुमित खड्का खटिएका छन् । बारामा पुगेका कुँवर झापा हुन् । उनी कृष्ण सिटौला निकट रहेका छन् । यद्यपि उनलाई त्यहाँ कसरी खटाइयो भन्नेमा प्रहरीभित्रै अन्यौल रहेको छ ।

गृहमन्त्रालयमा रहेका एसपी मुकुन्द रिजाललाई हेडक्वार्टर सरुवा गरेर त्यहाँ मिलन केसीलाई पठाइएको छ । मुकुन्द रिजालले आइजीपी कार्कीविरुद्ध समाचार लेखाएको र जेनजी छानवीन आयोगमा उजुरी गरेको आरोप छ । साथै एसपी रिजाल कर्मचारी प्रशासनमा बस्दा सरुवा बढुवाको क्रममा सिपाहीसँग समेत आर्थिक लाभ लिएको र त्यही लाभलाई तत्कालिन गृहमन्त्री रमेश लेखकको समूहलाई चढाएर आफ्नो व्याचमा पहिलो नम्बरको बढुवा सदुपयोग गरेको आरोप पनि उनी माथि छ ।

‘एसपी मुकुन्द रिजालमाथि धेरै आरोप छन् सायद प्रहरी संगठनभित्र उनलाई लामो समय कर्नरमा पारिनेछ, किनकी आफ्नै संगठन विरुद्ध आयोगमा उजुरी गर्न र गराउन प्रेरित गरेको आरोप सामान्य होइन’, एक प्रहरी अधिकारीले भने ।

ती अधिकारीका अनुसार सिआइबीका प्रमुख एआइजी डा. केसीको पक्षमा लागेर कार्कीको विरुद्ध आयोगमा उजुरी गर्न गएको आरोप रिजालमाथि छ । भारतीय नम्बरको ह्वाट्सएबाट सो उजुरी सञ्चारमाध्यममा समेत पठाइएको र एक सञ्चारकर्मीले प्रमाण आयो भन्दै बाइलाइन नै समाचार प्रकासित गरेपछि त्यसको विषयमा सुक्ष्म अध्ययन अनुसन्धान गर्दा एसपी रिजालसम्म कनेक्सन पुगेको थियो । त्यसपछि उनलाई गृहमन्त्रालको प्रहरी शाखाबाट हटाएर केसीलाई पठाइएको थियो ।

एसपी मुकुन्द रिजाल र जिल्ल प्रहरी परिसर काठमाडौका पवन भट्टराइको टकरावले पनि अहिले समस्या भैरहेको छ । रिजाल भन्दा भट्टराई दंगा नियन्त्रण लगायतको कामा अब्बल रहेकाले उनलाई अहिले सबैले च्यापेका छन् । यसैगरी चुनाव अघि सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्