काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।

मङ्गलवार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो । सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।
नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलङ्काको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै











