काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ ।

आज भएको पहिलो खेलमा पोखरा एभन्जर्समाथि ३ विकेटको जित निकालेको हो । यससँगै लुम्बिनीको ४ अङ्क पुगेको छ ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि ४ बलमा ४ रन चाहिएको अवस्थामा सन्दीप जोराले चौका प्रहार गरेर जित पक्का गरेका हुन् ।











