Logo
Logo

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी पुस ५ गते काठमाडौंमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो ।

बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने याे सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

कात्तिक १९ गते माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेकपा घोषणा गरेका थिए । त्यसयता पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्