Logo
Logo

प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंको दुर्गा मूर्ति उपहार


756
Shares

The current image has no alternative text. The file name is: durga-1.jpg

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् । विभिन्न मागसहित वार्ताका लागि पुगेका प्रसाईंले भेटको क्रममा मूर्ति हस्तान्तरण गरेका हुन् ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईं २७ बुँदे मागका प्रमुख बुँदाबारे छलफल गर्न आफ्नो टोलीसहित सिंहदरबार पुगेका थिए । स्रोतका अनुसार प्रसाईं समूहका १९ जना वार्तामा सहभागी थिए। यो भेटले राजनीतिक रूपमा तनावपूर्ण अवस्थामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफल गर्नका लागि प्रसाईंलाई मंसिर २२ गते समय दिएअनुसार भेट भएको हो । भेटका क्रममा प्रसाईंले आफ्नो समूहले मंसिर ६ देखि उठाइरहेका मागहरूको कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्