Logo
Logo

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी


1k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माफी मागेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग आफ्ना मागबारे वार्ता गर्न पुगेका प्रसाईँले  विगतामा आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका हुन् ।

The current image has no alternative text. The file name is: durga-2.jpg

‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु,’ प्रसाईँले भनेका छन् । साथै, उनले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति पनि उपहार दिएका छन् । उनले दुर्गा माताकै रूप धारण गरेर काम गर्न पनि प्रधानमन्त्री कार्कीलाई सुझाए ।

‘तपाईँ माता हो दुर्गा हो । त्यो रूप धारण गरेर काम गर्नुहोस्,’ प्रसाईँले प्रधानमन्त्रीलाई भनेको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले बतायो । आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईँले सो क्रममा प्रधानमन्त्री कार्कीलाई बुद्धको मूर्ति उपहार दिएका थिए ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईँले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको हो ।

यो भेटमा प्रसाईँले आफ्नो समूहले गत मङ्सिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारले ध्यानाकर्षण गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्