Logo
Logo

हाम्रा माग पूरा भएन भने चुनाव हुँदैन : दुर्गा प्रसाईँ


315
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्ना माग पूरा नभएमा चुनाव नहुने दाबी गरेका छन् ।  सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईँले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका हुन् । 

The current image has no alternative text. The file name is: durga-4.jpg

प्रधानमन्त्री कार्कीलाई आफ्ना माग सुनाएको बताउँदै प्रसाईँले भने, ‘सबै विषयमा जनमत सङ्ग्रहमा जाऔँ भनेको छु । उहाँले सही डिसिजन दिनुभएन भने चुनाव हुँदैन । चङ्गाको धागो जहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ। चुनाव हुँदैन, आशै नगर्नु ।’   

प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्ट रूपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको जिकिर गरे। ‘आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले राम्रोसँग सुन्नुभयो। तपाईँका माग भनेका जनजीविकोपार्जन माग हुन्। यी मागहरू कम्युनिस्टले बोकेर हिँड्ने माग हुन्। तर कम्युनिस्टहरूले यही भ¥याङ बनाएर अर्बौँ रुपैयाँ कमाए । त्यो ठाउँमा म भए अहिले मुख्यसचिव बोलाएर भन्थेँ भनेँ,’ प्रसाईँले भने । 

प्रधानमन्त्री कार्कीले आफ्ना मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बचन दिएको प्रसाईँले बताएका ।  ‘सबै कुरा अध्ययन गरेर, म छलफल गर्दछु र पुसको २ गते निर्णय दिन्छु। तपाईंहरुले भनेको जस्तै निर्णय दिन्छु भन्नुभएको छ,’ प्रसाईँले भने ।  २०६२-६३ सालको जनआन्दोलनको म्याण्डेट भनेको सङ्घीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्न प्रसाईँले माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्