Logo
Logo

सिटीइभिटीमा सम्बन्धनका लागि आवेदन दिएका सङ्घसंस्थालाई १० दिन भित्र सम्पर्क गर्न मन्त्री पुनको आग्रह


630
Shares

काठमाडौं । शिक्षामन्त्री महाबीर पुनले सिटीइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा कार्यक्रम संचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएकालाई १० दिनभित्र सम्पर्क गर्न आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: mahabir.jpg

मन्त्री पुनले आवेदन दिएर पूर्वाधार निरीक्षण  भएका, एलओआई पाएका, स्थलगत निरीक्षण भएका वा नभएका सबै प्रकारका संस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरू चलाउन चाहेमा मन्त्रालयमा आफूलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपिसहित १० दिन भित्र सूचना दिन आग्रह गरेका हुन् ।

उनले निवेदनहरूको छानबिन द्रुत गतिमा भइरहेको बताउँदै यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘सिटीइभिटीबाट सम्बन्धन लिई डिप्लोमा कार्यक्रम संचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएका र पूर्वाधार निरीक्षण  भएका, एलोआई पाएका, स्थलगत निरीक्षण भएका वा नभएका सबै प्रकारका संस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरू चलाउन चाहनु हुन्छ भने मन्त्रालयमा मलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपि सहित १० दिन भित्र सूचना दिनु होला । पहिले निवेदन दिए पनि अब कार्यक्रम सञ्चालन गर्न नचाहनेले निवेदन दिनु पर्दैन । सबै निवेदनहरूको छानबिन द्रुत गतिमा हुँदै छ ।’

प्रतिक्रिया दिनुहोस्