Logo
Logo

निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी  


315
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् । 

The current image has no alternative text. The file name is: bidya.gif

सोमबार काठमाडौंमा आयोजित आइकन अवार्ड समारोहमा बोल्दै भण्डारीले भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै भएको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी हुन् । 

राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैले निर्वाचन सफल बनाउन भूमिका खेल्नुपर्ने उनले बताइन् । उनले निष्पक्ष निर्वाचनले सबै नागरिकको भावनालाई प्रतिविम्ब गर्ने बताइन् ।

त्यस्तै भण्डारीले राज्यका विभिन्न तहमा पुगेर महिलाहरूले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेको धेरै उदाहरण रहेकाले महिलाहरूको प्रतिनिधित्वलाई विशेष ख्याल राख्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा विभिन्न स्थानीय तहका महिला जनप्रतिनिधिहरूलाई सम्मानका साथै अवार्ड वितरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्