काठमाडौं । सरकारले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्र कुमार पौडेललाई बढुवा गर्ने निर्णय भएको छ, खरेलले भने । पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रूपमा कार्यरत थिए ।











