Logo
Logo

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रिट सर्वोच्चमा दर्ता, पेसी पुस २ गते


630
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ । विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही  सांसदका तर्फबाट वारेस रहेका श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दिएका थिए । 

The current image has no alternative text. The file name is: court.jpg

उक्त रिटलाई सर्वोच्चले आज दर्ता गर्दै पेसी समेत तोकेको छ । पुस २ गते बुधवार सर्वोच्चको संवैधानिक इजलासमा यसको सुनुवाइ हुनेछ । कांग्रेसले दायर गरेको रिटमा संसद्को सबै भन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु गर्न र प्रतिनिधि सभा विघटन बदर गरी भदौ २४ कै अवस्थामा पुर्‍याउन माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्