Logo
Logo

क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी डिल्लीबजार कारागारको ‘क’ ब्लकमा


567
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ।

The current image has no alternative text. The file name is: pradip-adhikari-pakrau.jpg

विशेष अदालतको आदेशपछि २१ मंसिरमा कारागार चलान भएका अधिकारीलाई कैदी संख्या अधिकांश रहेको ‘क’ ब्लकमै राखिएको कारागार स्रोतले जानकारी दियो। उक्त ब्लकमा करिब ४ सय कैदीबन्दी छन्।

डिल्लीबजारमा पुग्ने भीआईपी कैदीहरू प्रायः ‘ख’ ब्लकमा बस्ने गरे पनि यो पटक ‘ख’ ब्लक खाली नभएकाले अधिकारीलाई ‘क’ ब्लकमा सारिएको बताइएको छ।

भक्तपुरको नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्