
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुदैछ । आज र भोली दुई दिनसम्म चल्ने बैठक आज बिहान १०ः३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।
बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुने छन् भने समान विचार भएका दल, अभियानसँग एकता गर्ने विषय, पार्टीको महाधिवेशन र फागुन २१ को निर्वाचन बारे छलफल हुने एजेण्डा छ ।











