Logo
Logo

अमरेशको क्षेत्र सर्लाही ४ बाट गगन थापा उम्मेदवार सिफारिस


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाहीबाट पनि प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन् ।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि काठमाडौँ, धनकुटा र रोल्पासँगै थापा सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका हुन् ।

क्षेत्रीय समिति बैठकले नेता थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो । यो क्षेत्रबाट थापासँगै मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह पनि उम्मेदवार सिफारिस भएका छन् ।

०७९ मा भएको निर्वाचनमा सर्लाहीको–४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए । थापाले काठमाडौँ ४ बाट लगातार निर्वाचन जित्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्