
काठमाडौं । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुन भन्दै घरदैलोमा पुगेर निमन्त्रणा दिन थालेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आज बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रका घरघरमा पुगेर महाधिवेशनको निम्तो दिएका हुन् ।
घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी भएका छन् ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशन यहि मङ्सिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।











