Logo
Logo

प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा


630
Shares

काठमाडौं । नेपाली कांग्रेस धादिङका सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले आफ्नो दाबी फिर्ता लिने निर्णय गरेका हुन्।

The current image has no alternative text. The file name is: ramnath-adhikari.gif

अघिल्लो सरकारले कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा काम गरिसकेका अधिकारीले बोल्दै आफूले उम्मेदवारी नदिने निर्णय पक्का भएको बताए । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, ‘विभिन्न परिस्थितिलाई ध्यानमा राखेर यसपटक उम्‍मेदवारीबाट बाहिर रहने प्रण गरेको छु ।’

उम्मेदवारी नदिए पनि पार्टीलाई जिताउने जिम्मेवारी आफूले वहन गर्ने अधिकारीको भनाइ छ । ‘निर्वाचन जिताउनु नै मेरो मुख्य दायित्व हो,’ उनले भने, ‘मलाई संगठन र क्षेत्रको अवस्थाबारे पूर्ण जानकारी छ। ’

अघिल्लो निर्वाचनमा गाउँ–गाउँ पुगेको स्मरण गर्दै उनले यसपटक पनि कांग्रेसका उम्मेदवारलाई जिताउन गाउँ–बस्तीमा पुग्ने प्रतिवद्धता व्यक्त गरे । ‘त्यही जोश, त्यही उद्देश्य लिएर फेरि मैदानमा उत्रनेछु,’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्