Logo
Logo

मुलुकको संकट पूर्ण रूपमा टरेको छैन: प्रचण्ड


315
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अझै संकट पूर्ण रूपमा नटरेको बताएका छन् ।

The current image has no alternative text. The file name is: prachanda.jpg

बुधबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीद्वारा आयोजना गरिएको जेनजी महोत्सवमा बोल्दै प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन जस्तो देखिएको र ठूलो संकटको सामना गर्नु परेको स्मरण गरे । उनले भने, ‘देश २४ भदौमा राज्यविहीन जस्तो देखियो। राष्ट्र ठूलो संकटमा पर्‍यो, र ठूला शक्ति केन्द्रहरूले हाम्रो देशमाथि विभिन्न भूराजनीतिक हस्तक्षेप गरे । अझै पनि संकट पूरै टरेको छैन ।’

प्रचण्डले वर्तमान परिस्थितिमा नेपालसँग एटोमिक इनर्जी वा मिसाइल परीक्षण गर्ने क्षमता नभएको भए पनि तीन करोड नेपाली एकजुट भएर लडाइँको मैदानमा उत्रन सक्ने बल रहेको बताए । ‘नेपाली जनताको एकताले हाम्रो राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई मात्र बचाउन सक्छ,’ उनले जोड दिए ।

उनले नेपाली कम्युनिस्ट पार्टीको उद्देश्य अन्य लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई समेट्दै राष्ट्रिय एकता स्थापना गर्नु रहेको बताए । साथै, राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्न नयाँ अभियानतर्फ अघि बढ्न सबै देशभक्त नेपालीलाई एकजुट हुन उनले आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्