Logo
Logo

रवि र छविको मुद्दामा आज सुनुवाइ हुँदै


630
Shares

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

मुद्दा सुनुवाइको लागि आज पेसी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले जानकारी दिए । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्