
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो ।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ । महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।











