Logo
Logo

जेनजीसँगको सम्झौतामा दललाई सहभागी नगराएर सरकार चुक्यो : विश्वप्रकाश


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् । सहमतिको स्वागत गर्दै उनले सामाजिक सञ्जालमार्फत लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका हुन् ।

‘राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथी हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो । त्यसो गरेर ‘भोलिका लागि भरपर्दोझ बनाउन सरकार नचुक्नु पथ्र्यो‘, उनले भनेका छन् ।

अब दस्तावेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारलाई यस विषयमा गम्भिर हुन पनि उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्