
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन वैशाखसम्म पुगे पनि स्वाभाविक मान्नुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे पनि त्यसलाई सहजै स्वीकार्नुपर्ने बताएका हुन् ।
‘विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने हुन्छ,’ उनले लेखेका छन्, ‘सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’











