Logo
Logo

प्रतिनिधिसभा निर्वाचन : कालिकोटबाट कांग्रेसले गर्‍यो भूपेन्द्रजंगसहित तीनजना सिफारिस


504
Shares

कालिकोट । नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ । 

जिल्ला कार्यसम्पादन समितिको बैठकबाट शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो ।’ प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही र  महिला नेता सीता रावल छन् ।

यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्