Logo
Logo

एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक


882
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र समय सरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएपछि बिहान ८ बजेका लागि बोलाइएको बन्दसत्र मध्याह्न १२ः३० बजेको लागि सारिएको हो । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुने क्रम जारी छ ।

यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । ओलीको प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्