
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा यो कार्यकालको अन्तिम बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज भृकुटीमण्डपमा हुँदैछ । बिहानै साढे ७ बजे सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ ।











