Logo
Logo

स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग खुल्यो


378
Shares

काठमाडौं । स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । बाढी र पहिरोले बस्ती जोखिम भएको भन्दै स्थानीयले अरनिको राजमार्ग कोदारीस्थित इकोमा यही मंसिर २० गतेदेखि सडक अवरुद्ध गरेपछि नाका ८ दिनदेखि बन्द थियो ।

गत असोज २ गते स्थानीयवासी, सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोटलगायतको उपस्थितिमा कात्तिक महिनामा राजमार्ग निर्माण र पहिरो नियन्त्रणको लागि टेन्डर निकाल्ने सहमति भएपनि अर्को एक महिना ढिला भएपछि स्थानीयले सडक अवरोध गरेका थिए ।

सडक डिभिजन कार्यालय चरिकोटले ४८ करोड ४९ लाख लागत बराबरको टेन्डर निकालेपछि शनिबार साँझबाट स्थानीय आफैंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए ।

तर, स्थानीयले अबको ६० दिनमा सडक निर्माण कार्य सुरू नगरे पुनः इको पहिरोबाट सडक अवरुद्ध गर्ने निर्णय नै गरेका छन् । टेन्डरका लागि ३५ दिन अवधि लाग्ने र त्यसपछि मात्रै काम हुने सडक डिभिजन कार्यालय चरिकोट बताएको छ ।

प्रतिक्रिया दिनुहोस्