Logo
Logo

एमालेमा ७० वर्षे हद र दुई कार्यकाल ब्यूँताउन सुरेन्द्र पाण्डेको प्रस्ताव


2.8k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधान संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा ब्यूँताउन प्रस्ताव गरेका छन् ।

जारी अन्तिम केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेपछि ईश्वर पोखरेल समूहले असहमति जनाएको हो ।

वर्तमान कमिटीको यो अन्तिम बैठकमा अहिले केन्द्रीय नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्दसत्र १ बजेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्