Logo
Logo

विद्या भण्डारीबारे ओली-एमालेमा फर्किन नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ


1.3k
Shares

काठमाडौं। नेकपा (एमाले) को ११औँ महाधिवेशनको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे स्पष्ट धारणा राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको सदस्यता उठाएपछि जवाफ दिँदै ओलीले भण्डारी राष्ट्रपति भएका कारण संवैधानिक बाध्यताले सदस्यता छोडेकी भए पनि फर्किन चाहे नयाँ निवेदन दिनुपर्ने बताए । 

उनले भने, ‘उहाँले पार्टीलाई घृणा गरेर सदस्यता छाड्नुभएको होइन, तर राष्ट्रपतिको ७ वर्षे कार्यकालको सदस्यता जोड्न मिल्दैन । यो कानुनसँग खेलबाड हुन्छ । फर्किन मन लागे ‘म सदस्य हुन चाहन्छु’ भनेर पार्टीमा निवेदन दिनुपर्छ ।’

ओलीले भण्डारी सेरेमोनियल पदमा रहेकाले सम्मानित र निर्विवाद जीवन बिताउँदा राम्रो हुने सुझाव दिए । कार्यकारी पदमा फर्किए आलोचना र विवादको चक्रव्यूहमा पर्ने भन्दै उनले भने, ‘राष्ट्रको अभिभावक भइसकेकी व्यक्तित्वले विरोधको सामना नगर्दा उचित हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्