Logo
Logo

अख्तियारका पूर्वआयुक्तले करोडौंको जग्गा हडपे


3.2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै थुनामा पठयो । अख्तियारकै पूर्व आयुक्त राजनारायण पाठकलाई बिशेष अदालतले भ्रष्टाचारी ठहर गर्यो । उनलाई ३ वर्ष ३ महिना कैद अनि ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो ।

बेदप्रसाद शिवाकोटी र पीडित श्यामराज भट्टराई

अख्तियारजस्ता संवैधानिक निकायमा उच्च नैतिकता भएका ब्यक्तिलाई नियुक्त गर्नुपर्ने ब्यवस्था संविधानमा छ । तर सरकार संचालन गर्नेहरुले त्यो भावना अनुसार नियुक्त नगरी अख्तियारमा विवादास्पद पात्रहरुलाई नियुक्त गर्दा संवैधानिक निकायकै गरिमा र साख गिर्न पुगेको छ ।

यसैक्रममा अख्तियारका अर्का पूर्वआयुक्त बेदप्रसाद शिवाकोटीले कीर्ते गरी १० रोपनी जग्गा हडपेको घटना बाहिर आएको छ । पूर्वआयुक्त बेदप्रसाद शिवाकोटीले काठमाडौं महानगरपालिकास्थित भीमसेनगोला कात्यायानी मन्दिर नजिकको करोडौं मूल्यको १० रोपनी जग्गा कीर्ते गरी हडपेको भन्दै सक्कली जग्गाधनी श्यामराज भ्टटराई बिभिन्न निकायमा न्याय माग्न धाइरहेका छन् ।

पूर्वआयुक्त शिवाकोटी, उमादेवी भट्टराई, काठमाडौं महानगरपालिकाका तत्कालीन ३४ वडाध्यक्ष भोलाप्रसाद लामिछाने र नापी कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुखसहितले श्यामराज भट्टराईका बाजे बुद्धिराज भट्टराईका नाममा रहेको उक्त १० रोपनी जग्गा कीर्ते गरी हडपेको तथ्यहरु बाहिर आएका छन् ।

साविक बुद्धिराज भट्टराईको नाममा रहेको काठमाडौं जिल्ला का.म.न.पा.३४, भीमसेनगोलास्थित १० रोपनी जग्गा उनीहरुले कीर्ते गरी हडपेकाले आफ्नो नाममा दर्ता हुनुपर्ने जिकिर श्यामराजको छ । शिवाकोटी भ्रष्टाचार नियन्त्रण गर्ने निकायको पदाधिकारी भएर पदको दुरुपयोग गरी हडपेको सोही जग्गामा घर बनाएर बसेको उनको भनाइ छ ।

काठमाडौं जिल्ला, का.म.न.पा.३४ स्थित भीमसेनगोला, नापीको समयमा नापनक्सामा भीमसेनागोला–२ (घ) कित्ता नं. ७, ऐ वडा नं. १ (ख) कित्ता नंं. ४२, ऐ कित्ता नं. ३७, ३८ र ५८ लगायतका ५ कित्ता करिब १० रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजार तथा नापी कार्यालय डिल्लीबजारसँग मिलेमतो गरी शिवाकोटीहरुले कीर्ते कागजात तयार गरी ती कित्ता जग्गाहरुलाई बिभिन्न कित्ता कायम गरी बिभिन्न शक्ति तथा आफ्ना एकाघर परिवारका नाममा जग्गाधनी प्रमाणपूर्जा बनाएर घर बनाएर बसेको पीडित श्यामराजले बताए ।

पीडित श्यामराज आफ्नो हडपिएको जग्गा फिर्ता पाउनका लागि न्याय माग्दै अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सबै निकायमा पुगिसकेका छन् । तर अदालतदेखि अख्तियार शिवाकोटीको प्रभाव र दबाबमा पर्दा जग्गाधनी श्यामराजले न्याय पाउन सकेका छैनन् ।

एकातिर शिवाकोटीहरुले हडपिएको जग्गामा कीर्ते गरी घर बनाइसकेको अवस्था छ भने अर्कोतिर मालपोत कार्यालय डिल्लीबजारमा उक्त कित्ता जमिन मोठ श्रेस्तामा दर्ता बाँकी रहेको अवस्था छ । दर्ता बाँकी रहेको अवस्थामा छुट जग्गा दर्ता प्रक्रियामा साबिक जग्गाधनी बुद्धिराज भट्टराईका छोरा बिमलराज भट्टराईले मालपोत कार्यालय डिल्लीबजारमा निवेदन दिई उक्त निवेदनउपर कारबाही हुँदा २०६६ असोज २ गते हकदाबी सम्बन्धी गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनाले नै देखाउँछ ।

पीडित श्यामराज आफ्नो हडपिएको जग्गा फिर्ता पाउनका लागि न्याय माग्दै अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सबै निकायमा पुगिसकेका छन् । तर अदालतदेखि अख्तियार शिवाकोटीको प्रभाव र दबाबमा पर्दा जग्गाधनी श्यामराजले न्याय पाउन सकेका छैनन् ।

उक्त कित्ता जग्गाहरु मालपोत कार्यालय डिल्लीबजार, नापी कार्यालय डिल्लीबजारसमेतलाई प्रतिवादी बनाई साबिक जग्गाधनीका नाति श्यामराज भट्टराईले काठमाडौं जिल्ला अदालतमा ०७९ सी ४३६६७ कीर्ते जालसाजी मुद्दा दायर गरेका र प्रतिवादीहरुका नाममा म्याद जारी भएकोमा उनी हरुले शक्तिको दुरुपयोग गरी म्यादसमेत बेपत्ता बनाएका थिए । काठमाडौं जिल्ला अदालतबाट मुलुकी देवानी कार्यबिधि संहिता २०७४ अनुसार सार्वजनिक सूचना प्रकाशित गर्दा समेत म्यादभित्र उपस्थित नभएको हुँदा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासबाट २०८१ जेठ ३१ गते उक्त मुद्दामा बिभिन्न आदेश गरेको प्रमाणका रुपमा उक्त आदेशले नै देखाउँछ ।

पशुपतिनाथ मन्दिर तहवील गुठी कार्यालयसँग जिल्ला अदालत काठमाडौंले पत्राचार गरी के कसरी उक्त जग्गाहरु गुठीका नाममा दर्ता भएका हुन्, सोका बारेमा निर्णय मिसिल पठाउनू भनी लेखिएको थियो । गुठी कार्यालयबाट उक्त जग्गाका बारेमा कुनै प्रमाण कागज छैन भनी लेखी आएकाले पूर्वआयुक्त शिवाकोटी, पूर्व वडाध्यक्ष भोला लामिछाने र उमादेवी भट्टराईले कीर्ते गरी करोडौं मूल्यको जग्गा गैरकानुनी रुपमा हडपेको स्वतः पुष्टि हुने श्यामराज भट्टराईको भनाइ छ ।

यसरी साविक नापीको समयमा ब्यक्तिको जग्गा भएको र उक्त जग्गा छुट जग्गा रहेको अवस्था हुँदाहुँदै पैसा र शक्तिको दुरुपयोग गरी शिवाकोटीहरुबाट काल्पनिक गुठी खडा गरिएको श्यामराज बताउँछन् । भट्टराईका अनुसार काल्पनिक गुठी खडा गरी उक्त गुठीका जोताहा मोही हुँ भनी पशुपति तहविल गुठीका प्रमुखसँग साँठगाँठ गरी उक्त कित्ता जग्गाहरु जग्गाधनीमा पशुपति तहवील गुठी र मोहीमा बेदप्रसाद शिवाकोटीसमेतको नाम कायम गर्ने कार्य पूर्णरुपमा कीर्ते गरेको देखिन्छ ।

गुठी जग्गाको हकमा मोही कायम गर्ने कार्यबिधि अनुसार गर्नुपर्ने कानुनी ब्यवस्था छ । जुन ब्यवस्थामा गुठी जग्गाको हकमा गुठीले पहिला जोताहा मोहीबाट निवेदन लिने गर्दछ । निवेदन लिइसकेपछि गुठीले सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशित गर्दछ । कोहीकसैको दाबी बिरोध नपरेपछि सम्बन्धित निवेदकलाई मोही र पशुपति तहवीललाई जग्गाधनी कायम गर्ने निर्णय गरी त्यो फाइल मालपोत कार्यालयमा पठाउँछ । मालपोत कार्यालयले गुठीको निर्णय अनुसार साविक जग्गाको मोठ भिडाई गुठी कार्यालयको निर्णय अनुसार मोही र जग्गाधनी कायम गर्ने निर्णय गरी साविक मोठ श्रेस्ता खारेज गरी निर्णय मिसिलको फोटोकपी आफूसँग राखी सक्कल निर्णय फाइल गुठीमा नै पठाउने कानुनी ब्यवस्था रहेको छ ।

तर शिवाकोटीहरुले हडपेको जग्गामा साविक नापीको श्रेस्ता हालसम्म बुद्धिराज भट्टराईकै नाममा कायम रहेको मालपोत कार्यालयको अभिलेखबाट देखिन्छ । यस्तो अवस्थामा मालपोत कार्यालय डिल्लीबजार, पशुपति तवहील गुठी, नापी कार्यालय डिल्लीबजार लगायतका सम्पूर्ण कार्यालयहरुमा ठूलो रकम घुस खाने खुवाउने काम गरी बुद्धिराज भट्टराईको जग्गा हडपेको पुष्टि हुन्छ ।

कीर्ते गरेको पुष्टि भइसकेकाले अख्तियार दुरुपयोग अनुसन्धान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) लगायतका निकायहरुले गम्भीररुपमा अनुुसन्धान गरी सत्यतथ्य कुरा पत्ता लगाएर दोषीहरुमाथि कडा भन्दा कडा कारबाही पीडित जग्गाधनीलाई न्याय दिलाउनुपर्ने दायित्वबाट पन्छिन नमिल्ने श्यामराजको कथन छ ।

बुद्धिराज भट्टराईका हकवाला छोरा बिमलराज र नाति श्यामराज भट्टराई गलत छन् भने कारबाही गर्नुपर्छ । अन्यथा मालपोत कार्यालयका कर्मचारी, गुठीका कर्मचारीदेखि कीर्तेमा संलग्न बेदप्रसाद शिवाकोटी, नापी कार्यालयका पूर्व कर्मचारीदेखि उमादेवी भट्टराईहरुमाथि कारबाही हुनुपर्छ, श्यामराजले भने ।

शिवाकोटीहरुले वास्तविक जग्गाधनी श्यामराज भट्टराईको नामको १० रोपनी जग्गा हडपी उनलाई सडकमा पुर्याएका छन् । १० रोपनी जग्गाका मालिक श्यामराज बस्ने डेराको भाडासमेत तिर्न नसक्ने अवस्थामा छन् । अख्तियारको आयुक्त हुँदा पदको दुरुपयोग गरी शिवाकोटीले वडाध्यक्ष लामिछाने र नापी कार्यालयका कर्मचारीसँग मिलेर श्यामराजको १० रोपनी जग्गा हडपी आफूलाई सडकमा पु¥याएको श्यामराजको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्