Logo
Logo

एमालेमा नयाँ नेतृत्व छान्न आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त


882
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ । जसमा एक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ ।

अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको प्यानल र स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुबीच पनि प्रस्पिर्धा हुनेछ ।

पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । यस्तै तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ । मतदान ८० वटा विद्युतीय भोटिङ मेसिनबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्