
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक चाइनिज कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले सूचना जारी गर्दै नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको जिन्यु टेक्नोलोजीसहित ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । जिन्युको काम सन्तोषजनक नभएपछि दूरसञ्चारले कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।
कालोसूचीमा परेका ११ कम्पनीमध्ये जिन्युलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । अन्य कम्पनी एकदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन् ।
कालोसूचीमा राखिका ती कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।












