Logo
Logo

राजेन्द्र गौतमले फिर्ता लिए उपमहासचिवबाट उम्मेदवारी


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आगामी नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीकाे प्यानलमा नपरेपछि उनले सोमबार स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

तर, नेतृत्व र साथीहरुको आग्रहपछि आफुले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । यद्यपी गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने छ ।

नेता गौतमले खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै रहने बताए । एमालेको ३०१ केन्द्रीय कमिटी चयनका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ ।

प्रतिक्रिया दिनुहोस्