Logo
Logo

ओली र ईश्वर पक्ष एक अर्काविरुद्ध काउन्टर नारा लगाउँदै 


756
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेकपा एमाले एघारौँ महाधिवेशन जारी छ । नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ । पार्टी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

उनीहरू छुट्टाछुट्टै प्यानल बनाए मैदानमा उत्रिएका छन् । दुई समूहबीच अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भोट माग्ने क्रम चलिरहेको छ । दुवै समूहले व्यङ्ग्यात्मक रूपमा प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

उनीहरूले एक अर्काविरुद्ध काउन्टर नारा लगाएको सुन्न सकिन्छ । जस अन्तर्गत ओली पक्षीय नेताहरूले ‘ईश्वर पोखरेल के भन्छ, केपी ओली ले भन्छ ’,’ ‘सुरेन्द्र पाण्डे के भन्छ, शङ्कर पोखरेल ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

पोखरेल पक्षले भने ‘केपी ओली के भन्छ, ईश्वर पोखरेल ले भन्छ’, ‘शङ्कर पोखरेल के भन्छ, सुरेन्द्र पाण्डे ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

दुवै तर्फका प्रतिनिधिले साझा नारा चाहीँ ‘लिपुलेक/चुच्चे नक्सा के भन्छ, ‘आफ्ना नेता’ ले भन्छ’, लगायतका नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्