काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको व्यग्र प्रतीक्षा भइरहेको छ । प्रतिनिधिहरू घण्टौँदेखि लाइन बसे पनि मतदान कति बजे सुरु हुन्छ भन्ने टुङ्गो छैन ।

आज बिहान १० बजे मतदान सुरु हुने सुरुवाती तालिका भएता पनि सर्दै सर्दै अबेर भएको हो । उम्मेदवारको सूची संशोधन गरिएकाले विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ भएको थियो । ७ बजेपछि सुरु हुने भनिएको मतदान अझै पनि सुरु हुन सकेको छैन ।
अहिले पनि कति बजे मतदान सुरु हुन्छ भनेर आधिकारिक जानकारी दिइएको छैन । अध्यक्ष ओली केहीबेर अघि मात्रै मतदानस्थल आइपुगेका छन् । पार्टीका अन्य सबै उम्मेदवार र नेताहरू पनि भृकुटीमण्डपमै छन् ।











