Logo
Logo

एमालेको नयाँ नेतृत्व चयन गर्न आज मतदान


756
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पटकपटक सारिएको मतदान आज बिहान ८ बजेबाट सुरु हुने भएको हो ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुनेछ ।

एमालेमा आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्