Logo
Logo

ईश्वर प्यानलबाट ‘बाइकट’ मा परे ओली समूहका यी नेता


5.9k
Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

मतदान सुरू हुनुअघि केही हेरफेरसहित आफ्नो समूहका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेर दुवै टिमले ‘लिस्ट’ बाँडेका थिए । सो क्रममा पोखरेल समूहले बाँडेको अन्तिम लिस्टमा महासचिव शंकर पोखरेलको नाम केन्द्रीय सदस्यबाट हटेको छ ।

अध्यक्ष ओलीसहित संस्थापन पक्षका दर्जनौं नेतालाई आफ्नो टिमको केन्द्रीय सदस्य उम्मेदवार सूचीमा अटाएको पोखरेल समूहले महासचिव शंकर पोखरेललाई भने ‘बाइकट’ गरेको देखिएको छ ।

पोरखरेल समूहले शंकर पोखरेलसँगै ओली समूहबाट पदाधिकारीमा उठेका उपाध्यक्ष गुरू बराल, विष्णु रिमाल, खगराज अधिकारी, पद्मा अर्याल, महेश बस्नेत, शेरधन राई, हिक्मत कार्कीसहितलाई पनि आफ्नो सूचीमा समावेश गरेको छैन ।

तर, केपी शर्मा ओली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, यमलाल कँडेल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, रामबहादुर थापा ’बादल’, लेखराज भट्ट लगायतका नेतालाई भने केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्