
काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै कांग्रेस सांसदहरुले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ । श्याम घिमिरे लगायत कांग्रेसका केही सांसदहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।
जनेजी आन्दोलनका क्रममा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति संसद विघटन गरेका थिए । त्यसविरुद्ध नेकाि एमाले र कांग्रेस लगायतका दल सर्वोच्च पुगेका हुन् ।











