Logo
Logo

एमालेको मतदानस्थलबाट एक जना पक्राउ


5.1k
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेका छन् । उनले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् ।

सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एमालेको जारी ११औं महाधिवेशनमा आगामी नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

ओली र पोखरेल आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् । यही क्रममा सावद मतदान केन्द्र परिसरबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्