Logo
Logo

एमाले महाधिवेशन: भोट हाल्न एक व्यक्तिलाई ९ मिनेटदेखि २ घण्टा लाग्ने


756
Shares

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ । आज एमालेको ११औँ महाधिवेशनको पाँचौं दिन हो । काठमाडौँको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।

The current image has no alternative text. The file name is: matadan.jpg

पोखरेलका अनुसार मतदाताले मतदान गर्न छिटोमा ९ मिनेटदेखि ढिलोमा २ घण्टा ४ मिनेटसम्म समय लगाएका छन् । उनले भने, “मतदाताले करिब ३५ मिनेटमा मतदान सक्ने अनुमान थियो, तर सबैलाई प्राविधिक ज्ञान नभएकाले ढिलाइ भएको हो । आज रातभर मतदान जारी रहनेछ ।”

मतदानका लागि लाइनमा उभिनेहरूले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गर्नुपर्ने छ । एमालेमा दुई हजार २६३ मतदाता प्रतिनिधि रहेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्