Logo
Logo

बेलायत पठाइदिने भन्दै ५२ लाख ठगी गर्ने एकजना पक्राउ


567
Shares

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारि वैदेशिक रोजगारीका नाममा बेलायत पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

The current image has no alternative text. The file name is: Pakrau.gif

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१५ घर भइ हाल काठमाडौं महानगरपालिका-१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लालबहादुरले बेलायत पठाइदिने भन्दै एक जनाबाट ५२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ, प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

रोजगारीको नाममा ठगी बढेकाले प्रहरीले सबैमा सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्