Logo
Logo

‘ललितपुर महानगर गौरव’ पुरस्कार सशस्त्रको दक्षिणकाली गणलाई


630
Shares

The current image has no alternative text. The file name is: sasastra-2.jpg

काठमाडौँ । सशस्त्र प्रहरीको नम्बर-२१ दक्षिणकाली गणलाई ललितपुर महानगरले ‘ललितपुर महानगर गौरव’ पुरस्कार प्रदान गरेको छ ।

सम्मानको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले गणका गणपति एसपी राजेश लामिछानेलाई १ लाख नगद र सम्मान पत्र प्रदान गरिन् ।

महानगरको १०७औँ स्थापना दिवसको अवसरमा बुधबार पुल्चोकमा आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको हो । विपद् व्यवस्थापन र उद्धारमा गणले पुर्‍याएको योगदानको कदर गर्दै ललितपुर महानगरले यो सम्मान दिएको जनाएको छ ।

समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख अञ्जली शाक्य लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्